विराटनगर । सुनसरीको इटहरीमा भएको प्रदर्शनमा प्रहरीको गाली लागि २ जनाको मृत्यु भएको छ । मृतकको अहिले सम्म पहिचान खुलेको छैन ।
मतक अन्दाजी २५ र ३० वर्षीय युवा रहेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । प्रतिष्ठान पुर्याउन साथ चिकित्सकले २ जनालाई मृत घोषित गरेका हुन् । इटहरीमा गोली लागेर घाइते भएकामध्ये १ जनाको उपचार जारी । घाइते सशस्त्र प्रहरीका सहायक हवलदार रहेको प्रहरीले जनाएको छ । उनको गालामा चोट छ ।
इटहरी उप महानगरपालिकाको कार्यालय भित्र आगजनी र तोडफोड भएपछि प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदा समेत आगजनी र तोडफोड नरोकिएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
अश्रुग्याँस प्रहार गर्दा पनि प्रदर्शनमा उत्रिएका जेनजी पुस्ता नहटेपछि प्रहरीले गोली चलाउनु परेको दाबी गरेको छ । नियन्त्रणमा लिएकालाई छाड्न माग राख्दै आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु आदेश जारी गरेको छ । कफूर्य आदेश हुँदा पनि आन्दोलनकारी आन्दोलन स्थलबाट नहटेपछि गोली चलाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले बताए । उनले मृत्युको भने पुष्टि गरेका छैनन् ।
उनले केही घाइते भएको जानकारी आएको बताए । घाइतेहरूलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको छ ।