इटहरी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीको घरमा प्रर्दशनकारीले तोडफोड गरेका छन् । इटहरीमा जारी कफर्युको अवज्ञा गर्दै प्रर्दशनमा उत्रिएका आन्दोलनकारीले मन्त्री भण्डारीको इटहरी स्थित घरमा तोडफोड गरेका हुन । प्रर्दशनकारीले मन्त्री भण्डारीको घरको सिसा, अगाडीको गेट तोडफोड गरेका हुन । 

आक्रोसित हुँदै आएको ठुलो भिडले तोडफोड गरी आगजनी गर्ने प्रयास गरेका थिए । 

तर घरमा अन्य मानिसहरु पनि भाडामा बस्ने भन्दै केही प्रर्दशनकारीले नै आवाज उठाए पछि भिडले आगजनी भने गरेन । आक्रोसित भिडले गोली हान्नेलाई कारबाही गर्नुपर्छ  भन्दै नारा लगाएका थिए । 

एमाले इटहरी कार्यलयमा आगजनी 

 आक्रोसित प्रर्दशनकारीले नेकपा एमाले इटहरीको पार्टी कार्यालयमा आगजनी गरेका छन् । ठुलो संख्यामा नाराबाजी गर्दै पाटी कार्यलय पुगेका प्रर्दशनकारीले फर्निचरमा तोडफोड गरी आगो लगाएका थिए । 

 प्रर्दशनकारीले पार्टी कार्यलयमा आगो लगाए पछि मन्त्री रेवतिरमण भण्डारीको घर तर्फ मोडिएका थिए । मन्त्री भण्डारीको घरमा तोडफोड गरेपछि भिड नेपाली काँग्रेसको पार्टी कार्यलय तर्फ मोडिएका छन् ।