इटहरी । कफर्युको अवज्ञा गर्दै आक्रोसित प्रर्दशनकारीले इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलको घरमा आज आगजनी गरेका छन् ।
ठुलो संख्यामा पुगेका प्रर्दशनकारीले मेयर पौडेलको घरमा प्रवेश गरी सामानहरु तोडफोड गरेका थिए । सामानहरु माथीबाट तल फालेका थिए । तोडफोड पछि घरमा आगो लगाएका हुन । अहिले मेयरको घरमा ठुलो आगो लागिरहेको छ ।
आक्रोसित प्रर्दशनकारीले इटहरीमा नेकपा एमालेको पार्टी कार्यालय, नेपाली काँग्रेसको पार्र्टी कार्यालयमा पनि आगो लगाएका थिए ।
हिजो आन्दोलनका क्रममा २ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
त्यसपछि आक्रोसित भएका प्रर्दशनकारीहरु आज विहानै देखी तोडफोड र आगजनीमा उत्रिएका छन् ।

















