विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जेनजी आन्दोलन पछि अवरुद्ध भएका सडकहरू हटाउन थालेको छ ।  अझै काम गर्ने अवस्था सहज नभए पनि  आम नागरिकलाई परेका तत्कालका समस्यालाई समाधान गर्ने गरी कामहरू सुरु  गरेको ट्राफिक प्रहरीले जनाएको छ ।  जेनजीको नाममा  विराटनगरको भाटभटेनी नजिकै डिभाइडरहरू राखेर सडक अवरुद्ध गरेका थिए । त्यस्तै प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अस्तव्यस्त पारेको सडक सरसफाइको काम थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । उनका अनुसार,  अहिले सबै ठाउँमा ट्राफिक प्रहरीले पूर्ण रूपमा काम गर्न  सक्ने अवस्था नरहेकोले सरसफाइ र अवरुद्ध खुलाउने कामहरू भइरहेको छ ।   
WhatsApp Image 2025-09-13 at 15.03.55
पोस्टमा गएर डिउटीमा खटिन सक्ने अवस्था नभएकोले अवरुद्ध भएका सडकहरूलाई खुलाउने काम मात्रै भएको उनले बताए  । उनले सबै मिलेर विराटनगरको ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन्  ।