सुनसरी। जेनजी आन्दोलनका क्रममा उप महानगरको कार्यालयमा तोडफोड र आगजनी भएपछि इटहरी उप महानगरपालिकाले भुईँमा कार्यपालिका बैठक राखेको छ ।

उपहानगरपालिकाको प्राङ्गणमा कार्यपालिकाको बैठक भुईँमा बसेको हो । महानगरको प्राङ्गणमा मेयर हेमकर्ण पौडेल, उप प्रमुख सङ्गीता चौधरी सहित कार्यपालिका सदस्यहरू भुईँमा बैठक बसेका छन् । उनीहरूले चकटी र गुन्द्री समेत ओच्छयाएका छैनन् ।

itahari  (1) 5 

भदै २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनका क्रममा उपमहानगरको  कार्यालयमा आगलागी भएको थियो । आगालागिबाट कार्यालयमा ध्वस्त भएको  छ ।

आन्दोलनका क्रममा मेयर हेमकर्ण पौडेल बस्ने भवन खरानीमा परिणत भएको छ । प्रदर्शनका क्रममा मेयर हेमकर्ण पौडेलेको घरमा समेत आगो लगाइएको छ ।

आन्दोलनका क्रममा इटहरीमा २ जना प्रदर्शनकारीको गोली लागि मृत्यु भएको थियो । 

549432338_31402729196040829_7283504704797706648_n