सुनसरी । यस वर्षको दसैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।


त्यसै दिन देवी विसर्जनको उत्तम समय  बिहान ९ बजेर २३ मिनेटमा रहेको समितिले जनाएको छ । 


समितिका अनुसार असोज ६ गते सोमबार घटस्थापना दिन बिहान ९ बजेर १३ मिनेटमा जमरा राखिने साइत छ । सरकारी कार्यालयमा झन्डा फेर्न असोज ७ गते ९ बजेर ५३ मिनेटमा साइत छ ।


असोज १३ गते बिहान ७ः१५ बजे फुलपाती भित्र्याउने साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

Dashai