विराटनगर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा एक युुवतिको बलत्कार पछि हत्या भएको छ ।  गाउँपालिका ४  बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।


दुई दिन अघि मार्से सामुदायिक वन उपभोक्ता समितिको जंगलमा परियार मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनी दिप्रुङ चुइचुम्मा–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।


कार्यलयबाट घर फर्कने क्रममा ५–६ जनाको समूहले उनको बलत्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा दिपक सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दिपकले घटनका भएको स्वीकार गरेका छन् ।


सहकारी संस्थाका अध्यक्ष सागर तामाङले परियार सोमबारसाँझ कार्यालयबाट बाहिर निस्केकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उनी मार्से सामुदायिक वनको झाडीमा मृत फेला परेकी हुन् ।


रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको छ । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिन्छ । त्योभन्दा केही तल झोला र अन्डरवेयर भेटिएको छ ।

सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा शव भेटिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।