सुनसरी– पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोसी गाउँपालिका १ को खुनिया पुल नजिकै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बिहान भएको सो सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डिएसपी योगराज खतिवडाले जानकारी दिए ।

मृत्यु हुनेमा एक जना महिला र अर्का एक पुरुष रहेका छन् । उनीहरुका पहिचान खुल्न नसकेको खतिवडाले जानकारी दिए ।

मृतक पुरुषको जिल्ला अस्पताल इनरुवा सुनसरीमा र महिलाको न्युरो कार्डियो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको हो ।

खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिई दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरूमा सप्तरी रुपनी ९ बस्ने वर्ष २५ को प्रकाश सरदार, उनकी श्रीमती वर्ष ३० की पुनम सरदार, सप्तरी खड्क नगरपालिका ५ बस्ने वर्ष ५० की ज्ञानदेवी चौधरी, सिराहा धनगढी माई नगरपालिका ३ बस्ने वर्ष ५२ की बानेश्वरी देवी चौधरी सोही ठाउका ३५ वर्षीय केसीदेवी चौधरी रहेका छन् ।

यसै गरी सिरहा धनगढी माई नगरपालिका १  बस्ने वर्ष ५५ की शान्तिदेवी चौधरी, सप्तरी खड्क नगरपालिका बस्ने वर्ष ४० को दिनेशकुमार चौधरी उनकी श्रीमती वर्ष ३६ की चन्द्रिका चौधरीको, लहान नगरपालिका १ बस्ने वर्ष ५० प्रभानन्द चौधरी र सप्तरी सुरुङगा नगरपालिका ९ बस्ने वर्ष ३६ को पुरुषोत्तम चौधरी पनि घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

उनीहरू सबैको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको डिएसपी खतिवडाले जानकारी दिए ।