विराटनगर । कोसी प्रदेश मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
जेनजी आन्दोलनपछि पहिलोपटक बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले काजक्रिया खर्च स्वरुप सो रकम दिने निर्णय गरेको हो ।
त्यस्तो रकम आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परिवारलाई मात्रै दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री रमण भण्डारीले जानकारी दिए ।
मन्त्रिपरिष बैठकले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको निधनमा दुःख व्यक्त गरेको छ ।
यस्तै बैठकले प्रदेशभित्रका पाँच लाख रुपैयाँबराबरका सम्पूर्ण योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधारको क्षतिको अध्ययन गर्न कार्तिक ९ गते सम्मको समय दिएर भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।