विराटनगर। मारवाडी युवा मञ्च विराटनगरले परिवर्तनकारी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा अतिथि सदनको प्राङ्गणमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।  कार्यक्रममा मञ्चका अध्यक्ष मोहित लालवानीले शहीदहरूको सहादत र बलिदानलाई स्मरण गर्दै लोकतान्त्रिक मूल्य र परिवर्तनका लागि उनीहरूले गरेको योगदान उच्च रहेको उल्लेख गरे 
श्रद्धाञ्जली सभामा समाजका अगुवा, महिला तथा युवाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्, नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठन, नेपाल राष्ट्रिय मारवाडी महिला सङ्गठन, मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च, महेश्वरी समाज, नेपाल अग्रवाल सभा, जैन स्वेताम्बर तेरापंथ सभा, नेपाल मारवाडी ब्राह्मण युवा मञ्च, स्वर्णकार समाज र नन्दवाना बोहरा समाजका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
WhatsApp Image 2025-09-19 at 12.42.50 (1)
त्यस्तै, महेश्वरी महिला मञ्च, अग्रवाल महिला मञ्च, तेरापंथ महिला मण्डल, नेपाल मारवाडी ब्राह्मण महिला मञ्च तथा स्वर्णकार महिला मञ्चका पदाधिकारी र सदस्यहरू पनि कार्यक्रममा सहभागी भएका थिए। 
यसै गरी महेश्वरी युवा मञ्च, अग्रवाल युवा मञ्च, मारवाडी ब्राह्मण युवा मञ्च, नन्दवाना बोहरा युवा मञ्च र ओसवाल युवा मञ्चका सदस्यहरूको उपस्थिति उल्लेखनीय थियो।