सुनसरी । नेपाल भारत सिमानाकाबाट स्रोत नखुलेको नगदसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङको रानी नाकाबाट प्रहरीले सोमबार दिउँसो चेकजाँचका क्रममा विराटनगर महानगरपालिका  १८ बस्ने ४१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ गरेको हो।


 को ३८ प ५८५१ नम्बरको मोटरसाइकल मा सवार साहलाई चेकजाँच गर्ने क्रममा लुकाएको अबस्थामा करिब  १४ लाख रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी कोपिला चुडालले जानकारी दिइन्।


स्रोत खुलाउन नसकेपछि साहलाई नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। बरामद रकम र पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। 


 पक्राउ परेका साह हुण्डी कारोबारी भएको  हुने सक्ने प्रहरीले आशंका गरेको छ। हुण्डी कारोबारको अनुसन्धान थालिने इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।