विराटनगर । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आफूलाई जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको अफर गरिएको दाबी गरेका छन् ।
काठमाण्डौबाट गृह जिल्ला बिर्तामोड आएपछि उनको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले प्रधानसेनापति अशोक सिग्देलले बोलाएर आफूलाई पहिलो पटक प्रधानमन्त्री बन्न आफर गरेको बताए ।
उनले प्रधानसेनापतिको प्रस्ताव अस्वीकार गरेको दाबी गरे । उनले कायक्रममा भने, ‘मैले प्रधानसेनापतिलाई भने प्रधानसेनापति ज्यू ह्वाट नेक्सट रु यो सरकार फेलियर भएपछि सरकार थाम्ने को हो रु तासमा दहल, गुलाम, मिस्सी, बास्सा र एक्का हुन्छ । मिस्सी र बास्सा हुँदा हुँदै एक्का किन चलाउनु ? ’
कार्यक्रममा आफू एक्का भएको बताए । उनले अहिलेको राजनीतिको अन्तिम अस्त्र दुर्गा प्रसाईँ भएको दाबी गरे । उनले भने दुर्गा प्रसाईँले प्रधानमन्त्री सम्हालेको दिन २० लाख रुपैयाँ भन्दा मुनिको ऋण मिनाहा हुनु पर्छ । मेरा एजेन्डा लागू हुनुपर्छ । उनले देशले गरिबका घरमा बडीगार्ड विना गएर गुन्द्रुक र भात खाने सक्ने प्रधानमन्त्री खोजेको भन्दै त्यसो गर्न सक्ने आफू भएको दाबी गरे ।
प्रसाईँले शीर्ष तीन दलका नेता राजनीतिक सुकुम्वासी भएको आरोप लगाए । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक सुकुम्वासी भएको आरोप लगाए ।
प्रसाईँले भने– जेन–जी आन्दोलनपछि उनीहरू सुकुम्वासी मात्रै भएका छैनन् उनीहरू राजनीति सुकुम्वासी भएका छन् । अहिले उनीहरूको पैसा डढेको छ, घर जलेर नष्ट हुँदा भएसँगै सुकुम्वासी मात्र होइन उनीहरू राजनीतिक सुकुम्वासी भएका छन् ।
अब उनीहरूलाई कसैले नपत्याउने प्रसाईँको दाबी छ । बङ्गलादेशको बाछिटा नेपालमा छि¥यो भन्दा सुरुमा मलाई पत्याएनन् । तैँले त्यही बेला भनेको थिए तिमीहरू कट्टु लगाएर भाग्न पाउँदैनौँ भनेर प्रसाईँले भने– आज नेताको कुन हविगत भएको छ ।
नेकपा एमालेका अध्यक्ष ओलीलाई र उनका कार्यकर्तालाई हामीले गल्ती ग¥यौं अब सच्चिन्छौँ भन्दै प्रसाईँको घरमा आउन आग्रह गरे । आफू केही समय झापामै बस्ने र दुलाबाट चिहाउनुको सट्टा घरमै आएर मलाई भेटे वाल्मीकि जस्तै बन्ने अवसर प्रदान गर्ने बताए ।
जेलभित्र हुँदा ओली नेतृत्वको सरकारले आफ्नो बीएण्डसी अस्पतालको खाता बन्द गरेको उनको आरोप छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओली प्रति आक्रामक शैलीमा प्रस्तुत भएका प्रसाईँले आफू जेलमा रहँदा श्रीमती र छोरीलाई समेत हतकडी लगाएको बताए । श्रीमती र छोरीलाई हतकडी लगाउने ओलीलाई आफूले बद्ला लिएरै छाड्ने दाबी गरे । केपी ओलीकै कारण सबै पार्टीहरू सक्किएको उनको दाबी छ ।
जेनजीको आन्दोलनपछि नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलभन्दा प्रधान सेनापति अशोकराज सिग्देलले बढी अग्रसरता देखाएका थिए । सोही क्रममा प्रसाईँ पनि जङ्गी अड्डामा पुगेका थिए ।
जेनजी आन्दोलनपछि प्रसाईँ बिहीबार तामझामका साथ गृह जिल्ला आएका थिए । चन्द्रगढी विमानस्थलमा उनलाई बाजागाजा र फूल मालासहित समर्थकहरूले स्वागत गरेका थिए ।