विराटनगर । विराटनगरमा रहेको श्री स्टार बहुउद्देश्यीय सहकारी संस्थाले राम्रो अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने विद्यार्थीलाई पुरस्कृत गरेको छ । संस्थाको २८ औ वार्षिक साधारण सभाको अवसरमा संस्थाले शिक्षा विद्यार्थीहरूलाई सम्मान सहित पुरस्कृत गरेको हो । पुरस्कृत हुने ११ जना बिद्यार्थीहरुलाई जनही ७ हजारसहित प्रमाण पत्र प्रदान नगरिएको सहकारीका सचिव डा. डिल्ली पोखरेलले जानकारी दिए । संस्थाले आर्थिक वर्ष २०८०।०८१ म ७ करोड १८ लाख ११ हजार १५८ रुपैयाँ  आम्दानी गरेकोमा गत आर्थिक वर्ष २०८१।०८२ को असार मसान्तसम्ममा ६ करोड ९७ लाख ८७ हजार २९५ रुपैयाँ आम्दानी गर्दा सो आर्थिक वर्षमा ६ करोड ८७ लाख २८ हजार ८३२ रुपैयाँ कुल खर्च भएको संस्थाका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए । 
उनका अनुसार, १० लाख ५८ हजार ४६२ रुपैयाँ सञ्चालन नाफा रहेको छ ।  असल कर्जा सदस्य एवम् बचत कर्ता सम्मान, कर्जा बिमा व्यवस्था, विशेष सम्मान कार्यक्रम,  विशेष सम्मान, पोसाक वितरण गरेको जनाएको छ।  संस्थाले दश बर्से रणनीति तयार भएको, एसएमएस सेवा सञ्चालन, भुक्तानी सुविधा, रेमिटेन्स कारोबार तथा रोजगार प्रवर्द्धन कार्यक्रम समेत सञ्चालन गरेको समेत अध्यक्ष पोखरेलले जानकारी दिए । 
त्यस्तै संस्थाले स्व.ओमप्रकाश गोयल स्टार छात्र वृत्तिको स्थापना, वेनु, सितादेवी परशुराम प्रसाईँ कोष स्थापना गरेको जनाएको छ। 
संस्थाले आर्थिक वर्ष २०८१।०८२ मा ३ करोड ८९ लाख ४८ हजार ३९७ निक्षेपमा ब्याज सङ्कलन भएको जनाएको छ। संस्थाको जोखिम बेहोर्ने कोष ३६ लाख ५ हजार ५३५ रुपैयाँ, सहकारीले घर भाडामा मात्रै ८ लाख ४१ हजार खर्च गरेको प्रतिवेदन सार्वजनिक गरेको छ। कार्यालय मर्मत सम्भारको नाममा ४ लाख २७ हजार, भुक्तानी गर्न बाँकी ब्याज ६९ लाख ४७ हजार, कर्मचारी तलबमा ९६ लाख ६५ हजार रुपैयाँ खर्च भएको समेत प्रतिवेदनमा देखाइएको छ ।  भ्रमण तथा यातायातमा ९ लाख ६२ हजार, टेलिफोन लगायतमा ३ लाख ४६ हजार खर्च भएको उल्लेख गरेको छ।