सुनसरी । सुनसरीमा गत शनिवार र आइतबारको अविरल बर्सातका कारण घरमा बाढी पसेर विस्थापित परिवार घर फर्कन थालेका छन् ।

बाढीका कारण सुनसरीमा ५ सय ५० बढी घरपरिवार विस्थापित भएका थिए । दुई दिनयता घाम लागेर पानी सुकेपछि विस्थापित घर फर्किन थालेका हुन् ।

अविरल वर्षासँगै बाढी तथा डुबानको कारण सुनसरीको इनरुवा, वराहक्षेत्र, भोक्राहा नरसिंह, कोसी र रामधुनी र इटहरी उपमहानगर पालिकाका विभिन्न क्षेत्रका बासिन्दा बाढीले घर डुबानमा परेपछि सुरक्षित स्थानमा सरेका थिए ।

उनीहरूलाई विभिन्न संघ संस्था तथा स्थानीय तहहरूले राहत वितरण गरेका थिए ।