सुनसरी । धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्युभएको छ । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस आज(बुधबार) दिउँसो धनकुटाको निगालेमा दुर्घटना भएको हो । 


 दुर्घटनामा मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका ७ की गंगा कार्की र सोही नगरपालिकाका वर्ष ६०का डिल्ली बरालको मृत्यु भएको छ ।  

दुर्घटनामा धनकुटा नगरपालिका–४ का ४५ वर्षीया दुर्गा माया तिम्सिना भट्टराई, मोरङ केराबारी–९ की वर्ष ६० की देवी न्यौपाने, महालक्ष्मी नगरपालिका–९ बस्ने ७५ वर्षीया तारा देवी काफ्ले, महालक्ष्मी नगरपालिकाका–८ की १७ वर्षीया खुसी लुंगेली, मोरङ गछिया–७ की आठ वर्षीया अंकिता खड्का र सोही नगरपालिका–७ की सिर्जना जिमी घाइते  भएका छन् । 

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ ।