सुनसरी । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको असरले सुनसरी र मोरङ सहित कोशी प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ ।

पछिल्लो तीन घण्टामा मोरङको सुन्दरहरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा भएको छ ।

मधेश प्रदेश अन्तर्गत सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार मोन्था चक्रवातको प्रणालीको प्रभाव आज कोशी र मधेश प्रदेशमा केन्द्रित हुने छ ।

त्यसको प्रभावले आज पनि कोशी र मधेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको छ ।

राती १० बजेदेखी जारी बर्षाले जनजीबन प्रभावित बनेको छ ।

भोलीदेखी मौषममा सुधार हुने बताइएको छ ।