विराटनगर । विराटनगर जेसीजद्वारा आयोजित जेसीज सप्ताह–२०२५ विविध कार्यक्रमहरूका साथ सम्पन्न भएको छ। एक हफ्तासम्म सञ्चालन भएको कार्यक्रममा सामाजिक, स्वास्थ्य, युवा नेतृत्व र शिक्षासम्बन्धी थुप्रै गतिविधिहरू समावेश गरिएका थिए।
सप्ताहभर फुट्सल प्रतियोगिता, दन्त परीक्षण शिविर, रिफ्लेक्सन ज्याकेट वितरण, चित्रकला प्रतियोगिता, कौशी खेती तालिम, स्टेशनरी वितरण तथा जेसीज रात्रि कार्यक्रमजस्ता महत्वपूर्ण गतिविधिहरू गरिएका थिए। समापन समारोहमा मुख्य कार्यक्रम संयोजक राजु कुमार (आर.के.) मण्डललाई उत्कृष्ट संयोजन, योजना र व्यवस्थापनका कारण “निभा अवार्ड” प्रदान गरिएको थियो। कार्यक्रम संयोजक सनराइज चौधरी, बिनु बान्तवा राई, पंकज मेहेता, रोशनी प्रधान, विकास राजवंशी र आकृती रानी फुयलले पनि उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
समारोहमा नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजकी संचालक सोइना शर्मालाई स्वास्थ्य क्षेत्रमा पु¥याएको सेवा र मानवीय दृष्टिकोणबाट नेतृत्व गरेको योगदानका कारण सम्मानित गरिएको थियो। वक्ताहरूले शर्मा स्वास्थ्य सेवा विस्तार, व्यवस्थापन र जनहितका कार्यक्रमहरूमा सधैं सक्रिय रहेको उल्लेख गर्दै प्रशंसा गरेका थिए। कार्यक्रममा पत्रकार सुशीला पाठकलाई लामो समयदेखि पत्रकारितामा सक्रियता, नेतृत्व र सामाजिक विषयमा आवाज उठाउँदै आएको योगदानको कारण सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवानी, राष्ट्रिय उपाध्यक्ष सुमित्रा भट्टराई घिमिरे, ट्राफिक प्रहरी मोरङका प्रमुख सन्तोष न्यौपानेलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
प्रमुख अतिथि मेयर नागेश कोइरालाले आफ्नो इजरायल भ्रमणको अनुभव सुनाउँदै घरको छत वा सानो जग्गामा कौशी खेती सम्भव र उपयोगी हुने उल्लेख गरे। उहाँले कौशी खेतीले व्यक्तिगत पोषण, परिवारको आत्मनिर्भरता र समुदायको स्वास्थ्य सुरक्षित गर्न सहयोगी हुने बताए । उनले सामाजिक उत्तरदायित्व र सेवा भावना जेसीजहरूको मूल मूल्य रहेकोमा मेयरले जोड दिए । अध्यक्ष प्रीतेशराज दाहालले जेसीज सप्ताहले समाजिक जागरण, नेतृत्व विकास र युवा सशक्तीकरणलाई प्रवद्र्धन गरेको बताउँदै सबै कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे। मुख्य कार्यक्रम संयोजक कविराज दाहालले टिमवर्क र समर्पणका कारण सप्ताह अत्यन्त सफल भएको बताउँदै युवाहरूले समाजसेवामा देखाएको सक्रियता प्रशंसनीय रहेको टिप्पणी गरे। समापन समारोहमा सहभागिता, कार्यक्रम व्यवस्थापन तथा समर्पणका कारण यो वर्षको जेसीज सप्ताहलाई नयाँ उचाइमा पु¥याएको आयोजक समितिले जनाएको छ।

















