सुनसरी । धरान उपमहानगरपालिका-१३ का २५ वर्षका सन्देश श्रेष्ठ सप्तरीमा  १० क्विन्टल गाँजासहित पक्राउ परेका छन् ।

बिहीबार राति ९ सय ७८ किलो गाँजा ना ५ ख ५३५ नम्बरको ट्रकमा लोड गरेर पूर्व-पश्चिम लोकमार्ग फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको अवस्थामा श्रेष्ठलाई जिल्लाको कंचनरूप नगरपालिका-२ बरमझियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर पुरीले जानकारी दिए ।

gaja

डीएसपी डम्बरबहादुर पुरी र डीएसपी काफ्लेको नेतृत्वमा खटिएको संयुक्त टोलीले २८ वटा बोराभित्र प्लास्टिकले प्याक गरिएको अवस्थामा गाँजा बरामद गरेको हो ।

उक्त विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसअघि साउन ४ र २३ मा पनि करिब ८ क्विन्टल गाँजा बरामद गरिएको थियो ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलबाट ३ सय ९६.९ र राजगढ गाउॅंपालिका-३ नर्घो पछ्वारी टोलकी ४० वर्षीया रेखाकुमारी मण्डलको घरबाट पनि ३ सय ८८.७३ किलो गाँजा बरामद भएको थियो ।