सुनसरी । नेकपा एमालेका नेता महेश बस्नेतले आफूमाथि रातो रङ फ्याक्ने कार्यलाई आतंकवादीको संज्ञा दिएका छन् ।

राष्टिय युवा संघ नेपाल कोसी प्रदेश कमिटीले इटहरीमा आइतबार आयोजना गरेको युवा जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले बेलुनमा रातो रंग  र ढुंगा मिसाएर हान्नेहरु आतंकवादी गतिविधि भएको बताए । 


 विराटनगर विमानस्थल परिसरबाट बाहिरिने क्रममा उनी सवार गाडीमा दिउसो रातो रङ प्रहार भएको थियो ।

बिराटनगर बिमानस्थलदेखी सुनसरीको दुहबीमा भएको अवरोधका बाबजुद इटहरी आएका बस्नेतले आफूमाथी सयौ चोटी यस्तो अबिर प्रहार गरेपनि यस्ता आतंकवादी गतिबिधिको सामना गर्न तयार रहेको बताए ।

आफु सहभागी बिभिन्न कार्यक्रम बिथोल्न खोजिएको प्रति लक्षित गर्दै बस्नेतले स्वतन्त्रता पूर्वक हिडडुल गर्न पाउने अधिकारलाई कुण्ठित गर्न खोजिएको बताए । सरकारले यस्ता गतिबिधि रोक्न नसकेकोमा उनले आक्रोस पोखे ।