सुनसरी । विराटनगर भन्सारबाट हुने जाँचपास प्रक्रिया र राजस्व अनुसन्धान कार्यलय इटहरीबाट हुने काम कारबाहीको बारेमा शसस्त्र प्रहरी बलको प्रधान कार्यलयले चासो राख्दै समन्वय गर्न आग्रह गरेको छ ।
सिमा सुरक्षा र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रभावकारी काम गरेपनि यी दुई निकायको काम कारवाही सन्तोषजनक नरहेको भन्दै माथिल्लो निकायमा उजुरी गरेपछी प्रधान कार्यलयले चासो राख्दै समन्वयकारी भुमिका खेल्न आग्रह गरेको हो ।
पछिल्लो समय भन्सार छलीका घटनामा आफ्नो पुरै जनशक्ति परिचालन गरेर सामान बरामद गर्न खोज्दा र बरामद समान अनुसन्धानको लागि राजश्वमा पठाउदा निक्कै न्युन धरौटीमा छाड्ने गरिएकोप्रति बराह बाहिनी पकलीले असन्तुष्टी जनाउदै प्रधान कार्यलयलाई पत्र पठाएको थियो ।
यी दुई निकायको काम कारबाही प्रभावकारी नरहेको उल्लेख गर्दै बराह बाहिनीले पूर्वक्षेत्रबाट हुने चोरी तस्करी र राजश्व चुहावट नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको थियो ।
राजश्व छलेर समान भित्राउने गिरोह पटक पटक पक्राउ पर्दा समेत उनीहरु माथीको अनुसन्धान फितलो हुने गरेको र अत्यन्त न्यून धरौटीमा छाड्ने गरिएको प्रति असन्तुष्टी जनाउदै एपीएफले यी दुई निकायका केही कर्मचारीले तस्करसंग मिलेमतोमा काम गर्ने गरेको दाबी गरेको छ ।
एपीएफले भन्सार छलिको समान भित्राउने कार्यमा भन्सार एजेन्टनै संगलग्न हुने गरेको पुष्टी हुदा समेत उनीहरुमाथी चित्तबुझ्दो कारवाही हुन नसकेको प्रष्ट पार्दै यस्तै गतिबिधि कायम रहने हो भने आफूहरु उच्च मनोबलका साथ काम गर्न नसकिने बताएको थियो ।
यस बिषयमा बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । त्यस लगक्तै राजस्व चुहावट नियन्त्रणको लागि भन्दै प्रधान कार्यलयले सीमा नाकामा खटाइएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिगबिजय सुबेदीले भन्सार र राजस्व अनुसन्धान कार्यलयका प्रमुखलाई भटेर समन्वयकारी भूमिका खेल्न आग्रह गरेका हुन ।
सुबेदीले बिराटनगर भन्सार कार्यलयका प्रमुख उमेश श्रेष्ठ र राजस्व अनुसन्धान कार्यलय इटहरीका प्रमुख अर्जुन राईलाई भेटेर भन्सार र राजश्व अनुसन्धानसँग एपीएफ असन्तुष्ट रहेको बिषयमा प्रधान कार्यलयको समेत ध्यानाकर्षण भएको बताएको एक कर्मचारीले जानकारी दिए ।
यस्तै एसएसपी सुबेदीले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेलाई समेत भेटेर सीमा नाकाबाट हुने राजश्व चुहावट नियन्त्रणका लागि नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन ।।

















