सुनसरी  । अन्तराष्टिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल चरणका खेलहरू आजबाट सुरु हुदैछन ।
यसअघि हिजो सम्पन्न अन्तिम क्वाटर फाइनलमा इटहरीको राष्ट्रिय जागृति क्लब विजयी भएसँगै गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको हो । मोरङको सुन्दरहरैचास्थित गछिया बजार खेल मैदानमा आज दिउसो २ बजे हुने पहिलो सेमिफाइनल खेलमा सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाईटेड बिच प्रतिस्पर्धा हुनेछ ।
सहलेसले बेलबारी फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । गाईघाटले जलथल फुटबल क्लब झापालाई पेनाल्टी सुट आउटमा ४–१ गोल अन्तरले पराजित गर्दै पराजित गर्दै सहलेससंगको सेमिफाइनल भिडन्त पक्का गरेको हो । 
दोस्रो तथा अन्तिम सेमिफाइनलमा आयोजक गछिया युवा समाजले शनिवार राष्ट्रिय जागृति क्लबको सामना गर्नेछ ।
आयोजक टिम पाहुना टोली लेजेण्ट फुटबल क्लब पश्चिम बङ्गाललाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।
राष्ट्रिय जागृतिले झापाको दमक फुटबल एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजकसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।
मङ्सिर २२ गते हुने फाइनल खेलको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।a