सुनसरी । चुनाव लक्षित अभियान तिव्र बनाएका धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङ उर्जा मन्त्री कुलमान घिसिङसँग आक्रोसित बनेका छन् ।

 चुनाव लक्षित अभियानलाई असर पुर्याएको भन्दै मेयर सम्पाङले उर्जामन्त्री घिसिङलाई गाली गरेका छन् । मन्त्री घिसिङले उनको अभियानलाई समस्या सृजना गरेको आरोप पनि लगाएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मेयरले मन्त्री घिसिङलाई गाली गर्दै आफुलाई समस्या सृजना गरेर प्रभुुशक्तिलाई खुसी बनाएको आरोप लगाएका छन् । 

मेयर सम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, “कुलमान घिसिङ जी, भोजपुर गएँ लाइन काटिदिनु भो, ताप्लेजुङ गएँ लाइन काटिदिनु भो, संखुवा सभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भो, अब हेटौँडा जाँदैछु त्यहाँ नि काटिदिनु है  :MCC लाई खुसी बनाउनु! प्रभु शक्तिलाई खुसी पार्नु ल! ”


उर्जा मन्त्रीले लाइन काटेर चुनावी सभालाई समस्या सृजना गरेको उनको स्टाटसको आसय देखिन्छ । मन्त्री कुलमान घिसिङले प्रभुुशक्तिको इसारामा लाइन काटेर दुःख दिएको उनको आरोप देखिन्छ । 


अख्तियारले छानविन थाले पछि अझ आक्रोसित हर्क साम्पाङ


मेयर साम्पाङ उर्जामन्त्रीसँग मात्रै नभएर आफ्नो अभियानको बारेमा अख्तियारमा उजुरी हाल्ने सँग पनि उस्तै गरी आक्रोसित बनेका छन ।  चन्दा संकलनबाट सुम्निमा पारुहाङको मूर्ति बनाउने अभियान चलाइरहेका मेयर हर्क अख्तियारको उजुरीप्रति आक्रोशित बनेका छन् । 

 मेयर हर्क सम्पाङले अगाडि बढाएको सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि अख्तियारले अनुसन्धान थालेको छ । गत १४ गते अख्तियारले पत्र पठाउँदै प्रतिष्ठानमा रकम अपचलन भएको आशंका रहेको भन्दै छानबिन अगाडि बढाउने बताएको छ ।

अख्तियारले प्रारम्भिक चरणमै दर्ता, विधान, पदाधिकारी, आर्थिक अभिलेख, आय(व्यय विवरण, बैंक खाताको स्टेटमेन्टदेखि जग्गा खरिद–बिक्रीसम्मका कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेको छ ।


अख्तियारको पत्र पछि निकै आक्रोसित बनेका मेयर साम्पाङले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै आक्रोश व्यक्त गरेका हुन् ।

आफूहरूले लामो समयदेखि सुम्निमा पारुहाङको प्रतिमा बनाउने कोसिस गरेको भन्दै भनेका छन्, ‘हामीले गरेको राम्रो कोसिस देखि नसहेर कुन चाहिँ फटाहा, चोर, गधाले उजुरी हालेछ ।’


उनले यस्ता उजुरी आफ्नो लागि नौलो नभएको समेत बताए । धरानमा फूल रोप्दा, बिरुवा रोप्दा वा ९८ दिनमा कोकाहाबाट पानी ल्याउँदा पनि उजुरी परेको बताए । अख्तियारले सोधेको प्रश्नको जवाफ हिजो नै पठाएको पनि बताएका छन् । यस्ता खाले गतिविधिहरूलाई निरुत्साहित गर्नुपर्ने पनि बताएका छन् ।

‘मजस्तो कन्सेप्ट र भिजन भएको मान्छेले काम सुरु गर्दा यहाँ विकास विरोधीहरू थुप्रो छन् । देश बिग्रेकै यस्ता सडे गलेका, कुहिएको मनस्थिति भएका मान्छेहरूले गर्दा हो,’ साम्पाङले भने, ‘हामीले प्रत्येक कुराको हिसाब देखाउँछौँ, देखाइरहेका छौँ । यहाँ त आफ्नो बारीमा मकै रोप्दा पनि मुद्दा लगाउँछन् । अब उजुरीरफुजुरी हाल्नेहरूले पनि माटो चुनाव चिह्नमा भोट हाल्नु खुरुक्क ।’