सुनसरी । गत भदौ २३ र २४ गते भएको जेनजी प्रर्दशनका विषयमा उच्च स्तरीय छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नभए सम्म गिरफ्तारी बन्द गर्न माग गर्दै जेनजी समुहले ज्ञापन पत्र बुझाएका छन् । 

जेनजी इटहरी सहित अन्य केही राजनितिक दलहरुले सुनसरीका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुुझाउँदै गिरफ्तारी बन्द गर्न माग गरेका हुन ।  उनीहरुले छानबिन आयोगको प्रतिवेदन सार्वजनिक भए पछि मात्रै कारबाहीको प्रकृया अगाडी बढाउन माग गरेका हुन । 


जेनजी इटहरीका संयोजक अतित राईले छानबिन आयोगको प्रतिवदेन नआइ पक्राउ गर्न थालेकाले ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए । जेनजी प्रर्दशनमा जोडिएको प्रमाणित नभई व्यक्तिहरुलाई पक्राउ गर्दै अपराधिकरण गर्न थालेको भन्दै असन्तुष्टि जनाए । यस्तो कार्य रोक्नुपर्ने उनले माग गरे । 


 प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै उच्च स्तरीय छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म गिरफ्तारी बन्द गर्न माग गरिएको छ । यस्तै  जेनजी आन्दोलनलाई नागरिक आन्दोलनको मान्यता दिन पनि माग गरिएको छ । 


बुझाइएको ज्ञापन पत्रमा अन्यायपूर्ण तथा मनोमानी गिरफ्तारीहरु तुरुन्त अन्त्य गरी बिना सर्त रिहा प्रकृया अघि बढाउन माग गरिएको छ । यस्तै सामान्य प्रकृतिका  घटनामा संलग्न युवाहरुलाई दोषी प्रमाणित नभए सम्म न्यायिक व्यवहार गर्न माग गरिएको छ । 


तर आन्दोलनका क्रममा भएका गम्भिर आपराधिक कार्यमा संलग्न वास्तविक दोषीलाई पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने उनीहरुले बताएका छन् । 


जेनजी इटहरी, स्वतन्त्र नागरिक समाज इटहरी, स्वतन्त्र नागरिक समाज सुन्दरहरैँचा उज्यालो नेपाल पार्टी, राष्ट्रिय स्व्तन्त्र पार्टी इटहरी,वैज्ञानिक समाजवादी पार्टी, प्रगतिशिल लोकतान्त्रिक पाटी,नेकपा(माओवादी) र नागरिक अभियन्ताहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन । 

ज्ञापन पत्र बुझाउँदै उनीहरुले नागरिकको आवाज र अधिकारको लागि जिम्मेवार र शान्तिपूर्ण रुपमा उभिन प्रतिवद्द भएको बताएका छन् ।