संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि जिल्लाबाट नौ जनाको नाम सर्वसम्मतिले सिफारिस गरेको छ।
बिहीबार बसेको जिल्ला समितिको बैठकले आकांक्षीको संख्या धेरै रहेकाले निर्वाचन क्षेत्रअनुसार तीन–तीन जनामा सीमित गर्न नसकेपछी ९ जनाको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो।
कांग्रेसले प्रतिनिधि सभातर्फ अनन्तकुमार गौली, दीपक खड्का (पूर्व उर्जा मन्त्री),दीपनकुमार श्रेष्ठ, एगराज पोखेल, पासाङ शेर्पा, रामकुमार थापा, तारामान गुरुङ, उमेश चौहान र उर्मिला पाण्डे गौली (महिला कोटा) बाट सिफारिस गरेको हो।
त्यस्तै प्रतिनिधिसभा समानुपातिक तर्फ विना पौडेल, ज्ञानबहादुर कार्कीकाकी, जीवनकुमार सुन्दास, कल्पना कार्की, कुमारबाबु अधिकारी, मुना दाहाल, रामबहादुर बस्नेत, शेरबहादुर बन, सीतादेवी भट्टराई र उषा कार्की सिफारिस गरेको हो।
आकांक्षी धेरै भएपछि दलभित्रको एकता कायम राख्दै सबै नाम समेटिएको जिल्ला नेतृत्वले बताएको छ। त्यस्तै राष्ट्रिय सभातर्फ पनि पाँच जनाको सिफारिस गरिएको छ।
राष्ट्रिय सभाका कांग्रेसले अञ्जना लिथेप, चक्रबहादुर विसुन्के, सल्लेन नेपाली, टंकप्रसाद राई र थलकुमार लिखाको नाम सिफारिस गरेको छ।
जिल्ला समितिका अनुसार विभिन्न भू–भाग, समुदाय र अनुभवलाई समेटेर सन्तुलित सूचि बनाइएको कांग्रेसले जनाएको छ।

















