विराटनगर । नेकपा एमालेको जारी महाधिवेशनमा संस्थापन पक्षबाट कोशी बाट मात्र पदाधिकारीमा अध्यक्ष सहित ५ जनाले उम्मेदवारी दिने भएका छन् ।

संस्थापन पक्षले टुङ्गो लगाएको लिस्टमा अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्षमा गुरु बराल, सचिवमा भानुभक्त ढकाल, सचिवमा शेरधन राई र हिक्मत कार्कीको नाम रहेको छ ।  बराल यस अघि पनि उपाध्यक्ष थिए । सचिवको लिस्टमा रहेका ढकाल यस अघि जनसङ्गठन प्रमुख थिए ।

राई स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश समितिको इन्चार्जको भूमिका रहेका थिए । उनी कोशी प्रदेश सरकारको पहिलो मुख्यमन्त्री समेत हुन् । सचिवको लिस्टमा परेका कार्की भने कोशी प्रदेश सरकारका मुख्यमन्त्री हुन् । उनी पाटीमा भने स्थायी कमिटी सदस्यको जिम्मेवारीमा थिए । 

संस्थापन पक्षले टुङ्गो लगाएको केन्द्रीय सदस्यको लिस्टमा कोशी प्रदेशबाट विभिन्न क्लस्टरबाट गरेर ४९ जना अँटाएका छन् । महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने आँकाक्षा सहित काठमाडौँ पुगेका केही भने यो लिस्टमा आँटाएका छैनन् । सस्थापनि पक्षमा रहेकाहरू लिस्टमा नपरेपछि कहिले भने खुल्ला रूपमा समेत उम्मेदवारी दिने तयारी गरेका छन् ।

महाधिवेशनमा पदाधिकारीका लागि तयारी गरेका कतिपय नामहरू समेत केन्द्रीय सदस्यको लिस्टमा राखिएको छ । प्रदेशबाट विशाल भट्टराई, अग्नि खरेल पदाधिकारीका आकाङ्क्षी थिए । यस्तै संस्थापन पक्षको लिस्टमा प्रदेशमा पदाधिकारी रहेकी जलबर्षा राजवंशी केन्द्रीय सदस्यको लिस्टमा रहेकी छन् ।

यसै गरी प्रदेशको पदाधिकारीमा पराजित भएकी शिल्पा कार्की निराला समेत यस संस्थापन पक्षको लिस्टमा परेकी छन् । कार्की विराटनगर महानगरका उप प्रमुख हुन भने राजवंशी समेत गौरादह नगरपालिकाको उप प्रमुख हुन् । 

संस्थापन पक्षले टुङ्गो लगाएको लिस्टमा कोशी प्रदेश भूगोलबाट  सोलुखुम्बुका मानवीर राई, मोरङका जीवन घिमिरे, झापाका रोमनाथ ओली, इलामका राम बहादुर मगर र झापाका इन्द्र भण्डारी परेका छन् । यस्तै प्रदेश भूगोलबाट यस्तै महिलातर्फ सुनसरीकी मञ्जु भण्डारी, झापाकी मेनुका काफ्ले र मिना उप्रेती तथा युवातर्फ ताप्लेजुङका क्षितिज थेबे लिस्टमा परेका छन् । एमालेमा कोशी प्रदेश भूगोलबाट ९ जना केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ । 
अरू कुन क्लस्टरबाट 
आदिवासी जनजाति क्लष्टरमा 
श्रीप्रसाद जबेगु, पाँचथर
तिलकुमार मेन्याङ्बो, ताप्लेजुङ
 राजेन्द्र राई, धनकुटा
 पासाङ शेर्पा, ताप्लेजुङ
 हेमराज राई भोजपुर
मनोज ताम्ली  झापा ( युवा ) 
आदिवासी जनजाति महिलातर्फ 
उषाकला राई,खोटाङ
आशा जबेगु,  पाँचथर
भूमिका सुब्बा धनकुटा 
तारा तितुङ धनकुटा 
मधेसी क्लष्टर
जगदीश कुसियैत सुनसरी
 दिलीप बगडिया मोरङ 
दलित महिलातर्फ 
विष्णुमाया विक तेह्रथुम 
थारु महिला 
मञ्जु चौधरी उदयपुर 
 खुल्लातर्फ
राजेन्द्र गौतम सङ्खुवासभा 
 भीम आचार्य सुनसरी 
अग्नि खरेल झापा 
लालबाबु पण्डित मोरङ 
तुलसी न्यौपाने सङ्खुवासभा 
प्रेम दंगाल, सुनसरी 
देवेन्द्र दाहाल, झापा 
जितबहादुर दर्जी, झापा 
गोविन्द थापा, झापा 
 दीपक कार्की, झापा 
विशाल भट्टराई झापा 
यज्ञराज सुनुवार  ओखलढुङ्गा 
 चिन्तन पाठक, झापा 
ऋषिकेश पोखरेल, मोरङ 
होमबहादुर थापा झापा 
एलिजा गौतम, झापा 
भगवती चौधरी, सुनसरी 
गीता अधिकारी, झापा 
सुनिता बराल, झापा 
निर्मला पाठक,झापा 
बिनादेवी राई, खोटाङ 
सकुन्तला लेप्चा, इलाम 
जलवर्षा राजवंशी, झापा 
 अस्मिता थापा, ओखलढुङ्गा 
 शिल्पा निराला कार्की मोरङ