विराटनगर । एमालेको ११ औ अधिवेशनमा भीम आचार्यले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । संस्थापन पक्षबाट केन्द्रीय सदस्यको लिस्टमा परेका आचार्यले उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । उनले पार्टीमा कामको मूल्याङ्कन हुनु पर्छ भन्दै उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्ता पछि भने, पार्टीमा कामको मूल्याङ्कन हुनुपर्छ । तसर्थ कामको मूल्याङ्कन र न्याय स्थापित गर्न उपाध्यक्षमा आफ्नो अमूल्य मत दिनुहोला । ’ आचार्य नवौँ महाधिवेशनमा सचिवमा निर्वाचित भएका थिए ।
कोशी प्रदेश सरकारको मुख्यमन्त्री भएका आचार्य विरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमान स्थलमा भएको भ्रष्टाचार काण्डमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आचार्यले आफूले स्वातन्त्र रुपमा उपाध्यक्षमा उमेद्वारी दर्ता गराएको बताए ।

















