विराटनगर । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की  केपी शर्मा ओली समूहबाट नेकपा एमालेको केन्द्रीय सदस्य (खुला) उम्मेदवार सुचीमा परेकी छिन् । अनेमसंघबाट राजनीति गरेकी कार्की पछिल्लो समय ओली समूहको विश्वासिलो नेताको रूपमा गनिन्छिन् । २०७९ सालको निर्वाचनमा विराटनगर महानगरपालिकाको उम्मेदवार भएकी कार्की उपप्रमुखमा  निर्वाचित हुँदा मेयरमा सागर थापा पराजित भएका थिए । एमालेबाट मेयरमा पराजित थापा नेकपा एमाले मोरङको जिल्ला अधिवेशनबाट विनोद ढकाल समूहबाट उपाध्यक्ष भएका छन्  । उपमेयर कार्की ओली समूह उपसचिवमा उम्मेदवारी दर्ता गराउँदा उनलाई पराजित गराइएको थियो । नेकपा एमाले अप्ठेरोमा परेको बेला सबै दलहरूको गठबन्धन हुँदा विराटनगर महानगरपालिकामा चुनाव जितेकी कार्कीलाई एघारौँ केन्द्रीय महाधिवेशनमा केपी शर्मा ओली समूहबाट उम्मेदवार बनेकी हुन् ।  कार्कीसँगै नेकपा एमालेको महाधिवेशनमा कोसी प्रदेशबाट थुप्रै नेताहरूले केन्द्रीय सदस्य खुल्लामा उम्मेदवारी दर्ता गराएका छन् । सार्वजनिक सूचीअनुसार सङ्खुवासभाबाट राजेन्द्र गौतम र तुलसी न्यौपाने, सुनसरीबाट भीम आचार्य, प्रेम दंगाल र भगवती चौधरी, झापाबाट अग्नि खरेल, देवेन्द्र दाहाल, जितबहादुर दर्जी, गोविन्द थापा, दीपक कार्की, चिन्तन पाठक, होमबहादुर थापा, एलिजा गौतम, गीता अधिकारी, सुनिता बराल, निर्मला पाठक र जलवर्षा राजवंशी रहेका छन्।
त्यस्तै मोरङबाट लालबाबु पण्डित, ऋषिकेश पोखरेल र शिल्पा निराला कार्की, ओखलढुङ्गाबाट यज्ञराज सुनुवार र अस्मिता थापा, खोटाङबाट विशाल भट्टराई, बिनादेवी राई, इलामबाट शकुन्तला लेप्चा ओलीको केन्द्रीय सदस्यको उम्मेदवारको सुचीमा छन् ।