सु नसरी ।जंगली हात्तीको आक्रमणबाट मोरङमा एक जना घाइते भएका छन् ।
सुन्दरहरैँचा–५ का ५० वर्षीय मानबहादुर राईलाई हात्तीले शुक्रबार साँझ ७ः४५ बजेतिर आक्रमण गरेको थियो ।
सुन्दरहरैँचा–६ स्थित लाटी झोडा सामुदायिक वननजिक बाटोमा हिँडिरहेका बेला हात्तीले आक्रमण गरेर मानबहादुरलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

















