सुनसरी । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका विभिन्न क्याम्पसका इकाई पदाधिकारी तथा सदस्यहरूले पदभार ग्रहण गरेका छन् ।
स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी, स्कुल अफ म्यानेजमेन्ट र स्कुल अफ इन्जिनियरिङ इकाईका पदाधिकारी तथा सदस्यहरूको सोमवार पदभार ग्रहण भएको हो ।
निर्वाचन समिति संयोजक मनोज कुमार हलुवाईले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएर पदभार ग्रहण गराएका हुन् ।
स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी इकाई सभापति राखी बर्मा र सचिव अनिल कुमार यादव, स्कुल अफ म्यानेजमेन्ट इकाई सभापति राजेश कुमार अग्रवाल, सचिव सुष्मा खरेल, सदस्य निलम भट्टराईले पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।
त्यसै गरी, स्कुल अफ इन्जिनियरिङ इकाई सभापति मोहम्मद जैन, सचिव रवि धिमाल, कोषाध्यक्ष इन्जिनियर सन्तोष साह, सदस्यद्वय सुमन भट्टराई र प्रवेश दाहालले पनि पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।
अन्य क्याम्पस इकाईका पदाधिकारी तथा सदस्यहरूको पदभार ग्रहणको कार्यक्रम बुधवार आयोजना गरिने संयोजक हलुवाईले जानकारी दिनुभयो ।  स्कुल अफ हेल्थ साइन्सेज इकाई सभापतिमा नमु कोइराला, सचिव नवीन थापा मगर, कोषाध्यक्ष सरिता खतिवडा तथा सदस्यद्वयमा कमल प्रसाद पराजुली र जमुना गौतम निर्वाचित भएका छन् ।
त्यस्तै, स्कुल अफ मेडिसिन एन्ड टिचिङ अस्पताल इकाईमा सभापतिमा डाक्टर प्रभात चालिसे, उपसभापति डाक्टर दीक्षान्त पोखरेल, सचिव डाक्टर शैलेश चौधरी तथा सदस्यद्वय डाक्टर रोशना पौड्याल र डाक्टर सुवेश कुमार शाह निर्वाचित भएका छन् ।
जी. पी. कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिसर्च सेन्टर  इकाई सभापतिमा रवि आचार्य, सचिव मोहित नाथ, कोषाध्यक्ष स्वागत पौडेल तथा सदस्यद्वय निर्मल अधिकारी र अनिमेष खड्का निर्वाचित भएका छन् ।
छ जना केन्द्रीय सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित हुनेहरूमा महिला सदस्यमा अस्मिता श्रेष्ठ, इन्जिनियरिङ क्याम्पसबाट जगरनाथ साह, कृषि तथा वन विज्ञान क्याम्पसबाट मदन बहादुर थापा छन् ।
त्यस्तै विज्ञान तथा प्रविधि क्याम्पसबाट राकेश ठाकुर, मेडिकल क्याम्पसबाट सुशील रेग्मी, शिक्षण अस्पतालबाट राकेश कुमार अधिकारी, व्यवस्थापन क्याम्पसबाट प्रदीप के.सी. र जनता आदर्श बहुमुखी क्याम्पसबाट मनोज कुमार मेहता निर्विरोध निर्वाचित भएका छन् ।