इटहरी । उज्यालो पार्टीका केन्द्रीय सदस्य तथा पहिचानवादी नेता डाकेन्द्र सिंह थेगिमले उज्यालो नेपाल पार्टी रास्वपामा विलय भएपछि आफूहरू अलमलमा परेको बताएका छन् । उनले पार्टीका संरक्षक कुलमान घिसिङ कसैसँग सल्लाह नै नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको उप सभापति बनेपछि पहिचानको आन्दोलन, धर्म निरपेक्षता र सङ्घीयताको मुद्दा नै के हुने भन्ने विषयले अलमल परेको बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पनि एकल निर्णय गरेको बताए ।
उनले भने, कसैसँग सल्लाह र छलफल नै नगरी पार्टी विलय भएको छ यो राम्रो कुरा नभएको बताए । उनले भने, हामी अहिले बिलखबन्दमा परेका छौ । के गर्ने कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमा छौ । उनले पार्टी भित्र संरक्षक घिसिङले पार्टी विलय गरेपछि क्रिया र प्रतिक्रिया जारी रहेको बताए । उनले भने,यो एकता होइन । एकता भएको भए उज्यालो नेपाल पार्टीको केही न केही त जोडिन्थ्यो होला यो त पार्टी समाहित भएको हो । पार्टी समाहित भएको विषयमा आफूहरूसँग सल्लाह भएको छैन । उनले पार्टीका संरक्षक घिसिङले पार्टी विलय गराएको भन्दै अहिले आफूहरू के गर्ने र कसरी अगाडि जाने भनेर अलमलिएको बताए ।
प्रदेशको नाम कोशी राखिएपपिछ सुरु भएको आन्दोलनबाट पहिचानको मुद्दाका आधारमा निर्वाचनमा जाने तयारी सहित संयुक्त पहिचानवादी मोर्चा बनेको थियो । ६ महिना भित्रमा पार्टी निर्माण गर्नेगरि विभिन्न पहिचानवादी दल र समूह मिलेर मोर्चाले एक वर्ष सम्म दल भने दर्ता गर्न सकेको थिएन । दल दर्ता गर्न नसकिरहेको बेला सो मोर्चाका दुई नेताहरू थेगिम र प्रोफेसर डा महेन्द्र लावती उज्यालो नेपाल पार्टीमा गएका थिए । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य थेगिमले उज्यालो नेपाल पार्टीले पहिचानको मुद्दा, धर्म निरपेक्षता, समावेशिता र सङ्घीयताको पक्षमा बोल्ने आशा राखेको भए पनि अव के हुने भन्ने विषयमा अन्यौलता थपिएको बताए ।
उनले भने हामीले पार्टीको चुनावी घोषणा पत्रमा सङ्घीयता धर्म निरपेक्षता र पहिचानको मुद्दालाई लेख्न घिसिङ जी लाई मनाएका थियौ । तर उहाँ त एकलौटी पाराले पार्टी विलय गराएर जानु भएको छ । यसले समग्र पहिचान पक्षधर र धर्म निरपेक्ष पक्षधरलाई अलमलमा पारेको छ ।
उज्यालो नेपाल पार्टी रास्वपा सँग मिलेसँगै निर्वाचनका लागि रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उमेद्वारको सूचीमा संयुक्त पहिचानवादी मोर्चाका नेता डा महेन्द्र लावतीको समेत नाम सार्वजनिक भएको छ । समावेश भएको छ ।
















