सुनसरी । कोसी गाउपालिकामा गोली प्रहार गरी एक जनाको हत्या भएपछी लौकही तनावग्रस्त भएको छ । मध्यराती १ बजे लौकहीको पुरी टोलमा कोसी गाउपालिका १ का ४५ बर्षीय बिजय शाहको हत्या भएको हो । घटनास्थल सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको रहेको छ ।

शाहको हत्या भएपछी स्थानीयले अहिले त्यस क्षेत्रमा बिरोध प्रदर्शन गरिरहेको स्थानीय सञ्चारकर्मी पवन रौनियारले जानकारी दिए ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथी कारवाही तथा पिडितलाई क्षतीपूर्ती दिनुपर्ने भन्दै स्थानीयले प्रदर्शन गरेका छन ।

अहिले पिडित पक्ष र प्रशासनबिच छलफल भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले जानकारी दिए ।

खड्काको अनुसार घटनास्थलबाट २ वटा गोलीको खोका फेला परेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले जानकारी दिए ।