विराटनगर । नेकपा एमालेको आज बसेको पदाधिकारी बैठकले प्रदेश संयोजक र जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकेको छ । बैठकले कोशी प्रदेशको संयोजकमा पाटीका सचिव शेरधन राईलाई जिम्मेवारी दिएको छ ।
बैठकले ताप्लेजुङ इन्चार्जमा तिलकुमार मेन्यांवो, पाँचथर इन्चार्जमा आइन्द्र सुन्दर नेम्वांग इलाम इन्चार्जमा राम रानालाई जिम्मेवारी दिएको छ । यस्तै झापा इन्चार्जको जिम्मेवारी रोम ओली, मोरङको ऋषीकेश पोख्रेल, सुनसरीको इन्चार्ज जगदीश कुसियैत,उदयपुरको इन्चार्जको जिम्मेवारी मञ्जु चौधरीलाई दिइएको छ ।
बैठकले खोटाङ इन्चार्जमा विशाल भट्टराई, ओखलढुगामा यज्ञराज सुनुवार, सोलुखुम्बुमा मानवीर राई भोजपुर इन्चार्जमा हेमराज राईलाई जिम्मेवारी दिइएको छ ।
यसै गरी सङ्खुवासभाको इन्चार्जको जिम्मेवारी तुलसी न्यौपाने, तेह्रथुम इन्चार्जको जिम्मेवारी विष्णुमाया विक र धनकुटा इन्चार्जको जिम्मेवारी राजेन्द्र राईलाई दिने निर्णय भएको एमाले सचिव तथा प्रदेश संयोजक शेरधन राईले बताए ।














