विराटनगर । नेपाली कांगेसैले कोशी प्रदेशका झापा मोरङ र सुनसरी बाहेक जिल्ला र निर्वाचन क्षेत्रबाट उम्मेदवारका टुङ्गो लगाएको छ । झापा मोरङ र सुनसरीको भने अझै टुङ्गो लाग्न सकेको छैन । अहिले सम्म टुङ्गो लागेका मध्ये एक जना मात्रै यस अघि प्रतिनिधि सभाका निर्वाचनमा उम्मेदवार बनेर विजयी भएका थिए । ओखलढुङ्गाबाट ७९को निर्वाचनमा विजयी भएका रामहरि खतिवडा बाहेक सबै नयाँ अनुहारलाई नेपाली काँग्रेसले उम्मेदवारको रूपमा अगाडि सारेको छ । कोशीका २८ मध्ये टुङ्गो लागेका १३ निर्वाचन क्षेत्रमा भने एक जना पनि महिलालाई उम्मेदवारको रूपमा अगाडि सारिएको छैन । उम्मेदवारको रूपमा अगाडि सारिएका धनकुटाका दिनेश राई भने ७४ र ७९को निर्वाचनमा धनकुटामा नगरपालिकाको मेयरमा पराजित भएका थिए ।

सोलुखुम्बु  प्रकाशसिंह कार्की

खोटाङ  वीरकाजी राई

ओखलढुङ्गा रामहरि खतिवडा

उदयपुर

१ विदुर बस्नेत  उदयपुर

२ रामकुमार राई

भोजपुर बालकृष्ण थापा

सङ्खुवासभा दीपनकुमार श्रेष्ठ

तेह्रथुम सन्तोष सुब्बा

धनकुटा दिनेश राई

ताप्लेजुङ गजेन्द्र तुम्याहाङ

पाँचथर नरेन्द्रकुमार केरुङ

इलाम

१ निस्कल राई

२ भेषराज आचार्य