सुनसरी । मंगलबार झापा ५ मा उम्मेद्वारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मतदातासँग भेटघाट सुरु गरेका छन् । आज (बुधबार) बिहानै देखी बालेनले मतदातासँग छलफल तथा भेटघाट सुरु गरेका हुन ।
दमक ५ स्थित सम्पर्क कार्यलयमा बालेनले स्थानीय मतदातासँग छलफल गरेका छन्।
विभिन्न समुह समुहमा आएका मतदाताहरुलाई व्यक्तिगत तथा सामुहिक रुपमा भेट्दै छलफल सुरु गरेका छन् ।

योसँगै उम्मेद्वार बालेनसँग फोटो खिच्न लागि पनि मतदाताहरुको उनी बसेको ठाउँमा पुग्न थालेका छन् । बालबालिका ,युवा तथा बुढापाकाहरु पनि बालेनसँग भेट्न र फोटो खिच्न उत्साहित देखिएका छन् ।
बालेनले चुनाव प्रचारका लागि दमकमा घर भाडामा लिएका छन्।
फागुन २१ मा हुने चुनावमा बालेन झापा ५ मा पूर्वप्रधानमन्त्री एबम् नेकपा(९एमाले)का अध्यक्ष केपी शर्मा ओली सँग प्रतिस्पर्धा गर्दैछन्।



















