सुनसरी । युवा संघ नेपाल दमक नगर कमिटिका अध्यक्ष छवि खतिवडाले पार्टी परित्याग गरी रास्वपा प्रवेश गरेका छन् । भोट फर चेन्ज भन्दै नगर अध्यक्ष खतिवडाले युवा संघको नगर कमिटि अध्यक्ष तथा एमाले पार्टीको संगठित सदस्य समेत परित्याग गरेको खतिवडाले बताएका छन् । 

सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै, उनले आफु संगठित सदस्य समेत नरहने गरी पद त्याग गरेको उल्लेख गरेका छन् । 


balen 7


उनले लेखेका छन्, ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा ९एमाले० को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु।’


उनले आफ्नो राजनीतिक जीवनमा सहयोग गर्ने पार्टी, युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्थालाई धन्यवाद समेत दिएका छन् । खतिवडाले आफु अग्रगामी परिवर्तनका पक्षमा र सामाजिक जीवनमा सदैव लागिरहने प्रतिबद्धता जनाएका छन् ।


नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेलले भनेँ केही आन्तरिक असन्तुष्टिहरु रहेको भएपनि पार्टी नै नछाडेको बताएका छन् । उनले अहिले पनि उनी एमालेको कार्यक्रममा नै रहेको उनले जानकारी दिए ।