विराटनगर । परस्त्रीसँग पक्राउ परेका श्रम संस्कृति पार्टीका भोजपुर सचिव भीम राईलाई पार्टीले कारबाही गर्ने भएको छ । अध्यक्ष हर्क साम्पाङले फेसबुकमा स्टाटस लेख्दै राईलाई सम्पर्क गरेर कारबाही गर्ने बताएका छन् ।
गल्ती व्यक्तिबाट हुने भन्दै संगठनको निर्देशन नभएको हर्कको प्रष्टोक्ति छ ।
राई २ दिनअघि एक विवाहित महिलासहित पक्राउ परेर इप्रका दिङ्लाको हिरासतमा एक रात बसेर छुटेका थिए । महिलाका आफन्तले उनीहरू दुवैजनालाई प्रहरी चौकीमा बुझाएका थिए । राई पनि विवाहित हुन् ।
राईले प्रहरी कार्यालय बाहिर भएको छलफलमा ती महिलालाई कान्छी श्रीमतीको रूपमा स्वीकार गरेपछि महिलाका आफन्तले छाडिदिएका थिए ।

















