विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको आठौँ अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सरकार (मन्त्रिपरिषद्) को सिफारिसमा उहाँले यो अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, आगामी २०८२ साल माघ २५ गते आइतबार दिउँसो २ः०० बजे विराटनगर महानगरपालिका वडा नं. ७ स्थित वीरेन्द्र सभागृहमा बैठक बस्ने तय भएको छ। ऋाजै बसेको मन्त्री परिषदको बैठकको सिफारिसका आधारमा बिहीबार नै प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।















