सुनसरी । झापामा कुन दल वा उम्मेद्वारलाई भोट दिनुहुन्छ भनेर सोध्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले अनलाइन मिडिया वा सामाजिक सञ्जाल कुनै माध्यमबाट पनि कसलाई भोट दिने भनेर सोध्न रोक लगाएको छ । 


जिल्ला प्रशासन कार्यालयले विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालले कुन दल वा उम्मेदवारलाई भोट दिनुहुन्छ ? भन्दै मतदाताको गोपनीयता भंग गरेको भन्दै त्यस्तो कार्य रोक्न सूचना जारी गरेको छ ।



फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदातासँग गोपनीयता भंग गर्ने कार्य निर्वाचन आचारसंहिता विपरीत भएको प्रशासनले जनाएको छ ।


 आचारसंहिता अनुगमन अधिकृतहरू सहायक सीडीओद्वय अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईँद्वारा संयुक्त हस्ताक्षरित  सूचना अनुसार कोही कसैबाट यस प्रकारको कार्य भए गरे कारबाहीको प्रक्रिया अघि बढाइने छ । 

Jhapa