सुनसरी । नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिनिधि खटाएको छ।
उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले नेताहरूलाई प्रदेशगत जिम्मेवारी दिए प्रदेशमा खटाएको हो ।
जिम्मेवारी पाएका नेताहरू अबको एक महिनासम्म सम्बन्धित ठाउँमा खटिनुपर्ने काँग्रेसले जनाएको छ।
कोसी प्रदेशका जिल्लाहरू मध्ये ताप्लेजुङ, पाँचथर, इलाम र झापाका लागि डा. डिला सङ्ग्रौला,भीष्मराज आगंदम्बे, सुधीरकुमार सिवाकोटी र सुरेश सुब्बा रहेका छन् ।
यस्तै सङ्खुवासभा,तेह्रथुम, भोजपुर,धनकुटा, मोरगं र सुनसरीका लागि अमृत अर्याल, मीन विश्वकर्मा,तारामान गुरुगं र उमेशजंग रायमाझीलाई जिम्मेवारी तोकेको छ ।
बाँकी जिल्लाहरू सोलुखुम्बु, खोटागं,ओखलढुङ्गा,उदयपुर,सप्तरी र सिराहाका लागि वसन्त भट्टराई, नरेन्द्र कुमाल,प्रमीला राई र धर्म नेपाली दर्जीलाई जिम्मेवारी तोकेको छ ।
यसपालि निर्वाचनमा उम्मेदवार नरहेका पदाधिकारीलाई पनि काँग्रेसले निर्वाचनमा परिचालन गरेको हो ।

















