सुनसरी । दुहबी नगरपालिका–८ मा मामा घरमा बस्दै आएका २४ वर्षीय सुनिल माझी बेपत्ता भएका छन्।
उनी गते मङ्गलवार दिउँसो करिब ३ बजेतिर दुहबी–१० स्थित बलकुन्डबाट रामधुनी नगरपालिका–७, इचौलमा जाने क्रममा सम्पर्कविहीन भएका हुन् । रातो वर्णका, करिब ५ फिट ८ इन्च उचाइ भएका माझी मानसिक रूपमा पूर्ण रूपमा सन्तुलित नभएको र बोल्न नसक्ने अवस्था रहेको परिवारले जनाएको छ । WhatsApp Image 2026-02-12 at 15.29.26
तर उनी कानले राम्रोसँग सुन्न सक्ने तथा हातमा आफ्नो नाम र लोकेसन ट्याटु खोपिएको बताइएको छ ।
उनीबारे कसैले देखेमा वा कुनै जानकारी पाएमा सम्पर्क नम्बर ९८१२३७१०३३ वा ९८१०४५०५०६ मा जानकारी गराउन वा नजिकको प्रहरी चौकीमा बुझाइदिन परिवारले अनुरोध गरेको छ ।