सुनसरी   । सुनसरीको दुहबीस्थित बुढीखोला किनारको बस्ती । असोजको त्यो रात, आकाश अचानक कालो भयो । एकैछिनमा झमझम पानी पर्न थाल्यो । बुढीखोलामा बाढीसँगै डर पनि बढ्दै गयो ।


 सुनसरीको दुहबी १ परास् टोकीका विपन्न परिवार, त्यो रातभर सुत्न सकेनन् । बाढीले कतिखेर घर बगाइदिने हो भन्ने त्राहीत्राही, बुढाबुढीदेखि साना बालकसम्म सबै काँपिरहेका थिए । त्यही बस्तीमा बस्दै आएका थिए, ५० वर्षीय लक्ष्मण सदा ।


त्यो रात ठूलो बाढी आयो । लक्ष्मणका परिवारसहित १० परिवारका लागि त्यो रात जीवन र मृत्युको परीक्षा बनेर आयो । गाउँभरि होहल्ला मच्चियो । धेरैले आफ्ना झुप्रा घरबाट जेजति सामान निकाल्न सके निकाले, कसैले त रित्तो हात भाग्नुपर्‍यो, न गाँस, न बास, न कपास । त्यही खोला किनारको बस्तीमा बस्दै आएकी थिइन्, ६० वर्षीया लीला ऋषिदेव, उनी पनि जसोतसो ज्यान बचाएर त्यहाँबाट भाग्नुभयो ।


त्यो रात लक्ष्मण र लीलाका घर त रहेनन्, सँगै १० परिवारको घर बुढीखोलाको बाढीले बगायो । बल्लतल्ल आश्रय लिन बनाइएको झुपडी पनि बाढीले बगाएपछि सबैको आँखामा एकै प्रश्न थियो—अब कहाँ बस्ने ? 


त्यो कठोर समस्या समाधानका लागि  आइन् भगबती चौधरी । 


नजिकैको सुरक्षित नयाँ बस्तीमा  भगबती चौधरीको पहलमा १४ वटा नयाँ घर बनाएर बाढी पिडितलाई हस्तान्तरण गरियो । त्यो कहालिलाग्दो बिपदका बेला नयाँ घरले उनीहरूको जीवनमा सुरक्षा र आशा ल्यायो । लक्ष्मण सदा र उनका छिमेकीहरूले नयाँ घर पाउनुभयो ।


 नयाँ घरले केवल चार भित्ता र छानो मात्र दिएन, उनीहरूको डर, असुरक्षा र पीडालाई थाम्ने आश्रय बन्यो । घर सरेपछि ओढ्ने–ओछ्याउने, चामल–दाल सबै भगवती चौधरीको अग्रसरतामा फरवार्ड संस्थाले उपलब्ध गरायो । 


त्यहाँका बासिन्दा भन्छन्, ‘नयाँ घर भगबती चौधरीले उपलब्ध नगराउनुभएको भए, हाम्रो बिचल्ली हुने थियो । धन्न उहाँको दर्बिलो साथ पायौँ । भगबतीनै बनेर आउनुभयो भगबती चौधरी  ।’


(एड्भटोरियल) सामग्री