सुनसरी । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै निजामती कर्मचारीको तलब १० प्रतिशत बढाइएको बताएका छन्।

नयाँ तलबमान लाग भएपछि करिब १० प्रतिशत मासिक तलबमा वृद्धि हुने व्यवस्था गरिएको छ।

महँगी भत्ता ५ हजार रूपैयाँ कायम गरिएको छ।

यी व्यवस्थासँगै कर्मचारीको पारिश्रमिक संरचनामा करिब २१ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ।

अधिकतम तलब १ लाखभन्दा माथि हुने व्यवस्था गरिएको छ।