विराटनगर। निर्वाचनको दिन नजिकिँदै गर्दा चुनावी गतिविधिहरू तीव्र भएका छन्। १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएका कारण दलहरूले आफ्नो चुनावी प्रचारलाई आक्रामक बनाएका हुन्। त्यही अन्तर्गत नेकपा एमाले मोरङ क्षेत्र नम्बर ४ ले उम्मेदवार जीवन घिमिरेको नेतृत्वमा कार्यकर्ताहरूको उत्साहका साथ विभिन्न कार्यक्रमहरू गरेको छ। मतदाताको बढ्दो आकर्षण र कार्यकर्ताहरूको उत्साहका कारण ग्रामथान गाउँपालिका तथा कटहरी गाउँपालिकामा आयोजना गरिएको चुनावी सभामा उल्लेख्य सहभागिता रहेको थियो। घरदैलो मतदाता भेटघाट तथा कार्यक्रमहरूमा जीवन घिमिरेलाई जिताउनुपर्छ भन्ने अभियानलाई तीव्र पारिएको देखिन्थ्यो।  घरदैलो तथा मतदाता भेटघाटको क्रममा उनीहरूले स्वागत गर्दै घिमिरेलाई जिताउनुपर्छ भन्ने पक्षपोषण गरेका थिए।

WhatsApp Image 2026-03-01 at 15.01.13सामाजिक विकास मन्त्री हुँदाको कामको प्रशंसा गर्दै उनीहरूले समाजमा देखिने खालको र नागरिकलाई भरोसा दिलाउने काम जीवन घिमिरेले नै गर्ने उनीहरूको भनाइ थियो। उम्मेदवार घिमिरेले चुनावी सभालाई सम्बोधन गर्दै आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरेका छन्। उनले हरेक निर्वाचनमा एक दशकदेखि यस निर्वाचन क्षेत्रमा एमालेको उपस्थिति बलियो रहेको समेत स्मरण गराए। मोरङ क्षेत्र नम्बर ४ मा मात्रै २२ वटा वडामध्ये १८ वटा वडामा नेकपा एमालेले जितेको छ। त्यस्तै ग्रामथान गाउँपालिकामा एमालेको पकड छ भने अन्य पालिकाहरूमा समेत एमालेको पकड भएका कारण जित सुनिश्चित भएको दाबी रहेको नरेन्द्र बस्नेतले जानकारी दिए। उनले भने, 'हिजो एक्लै चुनाव लड्दा त १८ वटा वडासहित पालिका र प्रदेशमा समेत एमालेले जित निकालेको थियो? यो पटक सबै दलहरू एक्ला एक्लै चुनाव लड्दा सङ्गठित सदस्यले मत हाल्दा मात्रै पनि जित्न सक्ने आधार छ।'
उनले मोरङ क्षेत्र नम्बर ४ का अन्य दलका प्रतिस्पर्धीसँग एमालेका उम्मेदवार जीवन घिमिरेको तुलना हुनै नसक्ने समेत दाबी गरे। घिमिरेले सामाजिक विकास मन्त्री हुँदा गरेको कामको प्रशंसा गर्दै उनले धेरै राम्रा र प्रशंसा योग्य काम घिमिरेबाट भएको उल्लेख गरे।
कटहरीका सुभाष सरदार अहिले मतदाताको आकर्षण घिमिरेमा देखिएको बताउँछन् । उनका अनुसार, चौधरी, सन्थाल,धिमाल, सरदार, बाँतर, राजवंशी, लगायत समुदायले जीवन घिमिरेलाई शालीन व्यक्तित्वको रूपमा चित्रण गर्छन्। घिमिरे सामाजिक विकास मन्त्री हुँदा समुदाय स्तरमा शिक्षा स्वास्थ्य भाषा संस्कृति संरक्षणका लागि गरेका कामहरू नै उनको चुनाव जित्ने आधार भएको सरदारको विश्लेषण छ। 

WhatsApp Image 2026-03-01 at 15.01.15
उनका प्रतिस्पर्धी तथा नेपाली कम्युनिस्ट पार्टीका नेता अमललाल मोदी पटक पटक निर्वाचित भएर गए पनि मतदाताको माझमा काम गर्न नसकेको आरोप लाग्दै आएको छ। प्रदेश सरकारले गरेका विकासका कामहरूलाई आफूले गरेको भनेर देखाउने बाहेक अन्य देखिने खालका सङ्घीय योजनाहरू कार्यान्वयन ल्याउन नसकेको सरदारको भनाइ छ। राजनीतिक धरातल कमजोर भएको, पार्टी सङ्गठन कमजोर भएको र समानुपातिक मतसमेत यो क्षेत्रमा नेकपाको कमजोर रहेकै कारण मोदीलाई कमजोर उम्मेदवारको रूपमा हाँक्ने गरिएको छ।
नेकपा एमालेका नेता महेश भट्टराई भन्छन्, 'विगतका चुनावहरूमा अरू पार्टीले जिताइदिएका कारण मोदीजी निर्वाचित हुँदै आउनुभएको थियो, उहाँको धरातल कमजोर छ।' मोदी मात्र होइन नेपाली काँग्रेसका प्रतिस्पर्धी गुरुराज घिमिरेलाई समेत सोही क्षेत्रमा घर भएर पनि  पर्यटक उम्मेदवारको रूपमा मतदाताले लिएका छन्।

WhatsApp Image 2026-03-01 at 15.01.13 (1)

घिमिरेले भूगोललाई राम्ररी नबुझेको तथा अधिकांश समय काठमाडौँमै बिताउने गरेका कारण उनलाई आफ्नै कार्यकर्ताले समेत सकारात्मक मानेका छैनन्। नेपाली काँग्रेसका एक नेताका अनुसार, भर्खरै पार्टीमा विद्रोह गरेका कारण कार्यकर्ताले नै गुरुजीलाई पत्याएका छैनन्। पार्टीभित्र विद्रोह गरेकै कारण शेरबहादुर देउवा समूहका कार्यकर्ताहरू रुष्ट देखिन्छन्। यसले गर्दा काङ्ग्रेसभित्र पनि उनको जित सुनिश्चित हुन्छ भन्न सक्ने अवस्था नरहेको ती नेताले बताए। आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ ।

WhatsApp Image 2026-03-01 at 15.01.16 (1)