सुनसरी । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।


हिमाली तथा पहाडी जिल्लामा हिजो(सोमबार) फागु पूर्णिमाको दिन मनाइयो । आज(मंगलबार) तराईका जिल्लामा उत्साहकासाथ होली पर्व मनाउने परम्परा रहेको छ । 


आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।


अघिल्ला बर्षहरुको तुलनामा यस बर्ष तुलनात्मक रुपमा बजारमा होलीको उत्साह कम देखिएको छ । निर्वाचन लक्षित सुरक्षा योजना सहित बाक्लो सुरक्षा रहेका कारण पनि यस बर्ष होली मनाउन शहरका चौकमा मानिसहरुको उपस्थिती कम छ । प्रशासनले यस बर्ष शान्तपूर्वक घर घरमै होली मनाउन आग्रह गरेको छ ।