सुनसरी । प्रतिनिधि सभा निर्वाचनको इपिसेन्टर बनेको झापा ५मा मतगणना स्थललाई तारजालीले घेरेर सुरक्षित बनाइएको छ ।
सम्भावित सुरक्षा संम्बेदनशिलतालाई ध्यानमा राखेर मतगणता स्थललाई तार जालीले घेरेर सुरक्षित बनाइएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
दमक ८ स्थित कृषि भवनलाई मतगणना स्थल बनाइएको छ ।
भोली ( बिहीबार) निर्वाचनमा मतदान सम्पन्न भएपछि यस क्षेत्रमा रहेका ६१ वटा मतदानस्थलबाट संकलित मतपेटिकाहरू यहि मतगणना स्थलमा ल्याइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनास्थलको भौतिक तथा सुरक्षा व्यवस्थापन पूरा भइसकेको पनि कार्यालयले जानकारी दिएको छ । मतगणना प्रक्रिया अवरोध नहुने गरी स्थानको संरचना र सुरक्षात्मक प्रबन्ध मिलाइएको छ।
मतगणना स्थललाई नेपाली सेनाले सुरक्षा दिने जनाइएको छ । अन्तिम मतपरिणाम घोषणा नहुँदासम्म सेनाले उक्त स्थलमा पहरा दिने बताइउको छ ।
झापा–५ प्रतिनिधिसभा निर्वाचनमा कुल २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
















