विराटनगर । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् ।
मानेभञ्ज्याग ७ मा रहेको सहिद स्मृती आधारभूच विद्यालयमा रहेको मतदान केन्द्रमा अहिले सम्म पनि मत हाल्न कोही पनि नआएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीले बताए ।
उनका अनुसार, बिहान अहिले सम्म एक जनाले पनि मतदान गरेका छैनन् । सो केन्द्रमा ७०१ जना मतदाता रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी मंगरातीले भने ‘अहिलेसम्म कोही पनि मतदाता आउनु भएको छैन ।
मानेभञ्ज्यागको वडा नम्बर ७ मा ८ बर्ष अगिाडि देखि प्रादेसिक अस्पताल बनाउने तयारी थियो । डीपीआर बनेर सबै प्रक्रिया अगाडि बढ्दा पनि अस्पताल नबनेको बिरोधमा स्थानीयले निर्वाचन बहिस्कार गरेका हुन् ।
वडा नम्बर ७ का वडाअध्यक्ष विष्णु प्रसाद गौतमले अस्पताल नबनेको भन्दै स्थानीयले मतदान नै बहिस्कार गरेको बताए ।
उनले भने, अस्पताल बनाउनका लागि १६६ रोपनी जग्गा पनि प्राप्ती भएको छ । जग्गा प्राप्ती हुँदा पनि अस्पताल नबनेका कारण स्थानीय मत हाल्न आएका छैनन् ।

















