विराटनगर । कोशी प्रदेशमा अहिले सम्म ३५  प्रतिसत भन्दा बढि मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार अहिले सम्म कोशी प्रदेशमा ३५ प्रतिसत मत खसेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार शिवाराम गेलालका अनुसार झापामा ४१ प्रतिसत मत खसेको छ । ताप्लेजुङमा अहिलेसम्म करिब ४० प्रतिशत मतदान भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराम सेढाईँले जानकारी दिए । हिमाली जिल्ला ताप्लेजुङमा १२७ मतदान केन्द्रमा शान्त पूर्वक मतदान भई रहेको छ।

  त्यहाँ ९० हजार ३२७ मतदाता रहेका छन् ।   इलाममा ४० प्रतिशत मत खसेको छ। २ लाख ३२ हजार मतदाता  रहेको यस जिल्लामा ४० प्रतिशतले मतदान भइसकेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

त्यस्तै पाँचथरमा दिउँसो १ बजेसम्ममा ४८ हजार मत खसेको छ। यहाँ १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेका छन् । पाँचथरमा करिब ३८ प्रतिशत मत खसेको दाबी प्रशासनको छ।

   सङ्खुवासभामा भने १ः३० बजेसम्म ३० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन्।  धनकुटामा  करिब २८ हजार अर्थात् २४ प्रतिशत मत खसेको छ। तेह्रथुम जिल्लामा १ः३० बजेसम्म २५ हजार ४२५ मत खसेको छ।

अहिलेसम्म यहाँ ३५ प्रतिशत खसेको प्रमुख जिल्ला अधिकारी वन्दना राईले जानकारी दिइन् ।  खोटाङ जिल्लामा  ३४ हजार ५८० अर्थत २४ प्रतिशत मत खसेको छ।   हिमाली जिल्ला सोलुखुम्बुमा पनि निर्बाध रुपमा निर्वाचन भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

सोलुमा ३६ प्रतिशत मत खसेको छ। उता उदयपुरमा करिब ४० प्रतिशत मत खसेको उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए।

सुनसरीमा भने ३६ प्रतिसत मत खसेको छ  । यसैगरि मोरंगमा ३० प्रतिसत मत खसेको छ ।

हालसम्म ११ लाख ४९ हजार ५ सय ७१ भन्दा बढी मत खसिसकेको छ ।