विराटनगर । झापमा ४ बजे सम्ममा ५९ दशमलब ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार सबै भन्दै बढि झापा ५ मा मत खसेको छ ।
झापा ५ मा ६१ प्रतिसत भन्दा बढिले मतदान गरेका छन् । झापामा ७ लाख १३ हजार ५३७ मतादाता रहेका छन् ।
४ बजे सम्ममा ४ लाख २५ हजार ७३७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
अहिले पनि मतदान स्थलमा मतदाताहरु लाइनमा रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा मोरङ ४ बजे सम्ममा ५२ प्रतिशत मत खसेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार दिउँसो ४ बजेसम्म जम्मा ५१ं.९४ प्रतिशत मत खसेको हो ।
मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म ४ लाख ६ हजार ७१५ जनाले मतदान गरेका हुन् । जिल्लाभरका कुल ८८८ मतदान केन्द्रहरु छन् । मतदानको साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।
सुनसरीमा भने अहिले सम्म ५५ प्रतिसत मत खसेको छ प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
















