सुनसरी । सुनसरी क्षेत्र नम्बर ३को मतगणना सुरु भएको छ । दुहबीस्थित पशुसेवा तालिम केन्द्रमा सुरु मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अशोक कुमार चौधरीले अग्रता लिएका छन् ।
सय मत गणना हुँदा अशोक कुमार चौधरीले ५६मत पाएका छन् । एमालेकी उम्मेद्वार भगवती चौधरीले २५ मत पाएकी छिन् । नेपाली काँग्रेसका उम्मेद्वार विजयकुमार गच्छदार १५ मत पाएका छन् ।
२०७९को निर्वाचनमा एमालेकी भगवति चौधरीले जितेकी थिइन् । उनले नेपाली काँग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै विजयी भएकी थिइन् ।














