सुनसरी । सुनसरी क्षेत्र नम्बर ३को मतगणना राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अशोक कुमार चौधरीले अग्रता लिएका छन् ।
३ सय मतगणना हुँदा अशोक कुमार चौधरीले १६८मत पाएका छन् । एमालेकी उम्मेद्वार भगवती चौधरीले ७१ मत पाएकी छिन् । नेपाली काँग्रेसका उम्मेद्वार विजयकुमार गच्छदार ४५ मत पाएका छन् ।
२०७९को निर्वाचनमा एमालेकी भगवति चौधरीले जितेकी थिइन् । उनले नेपाली काँग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै विजयी भएकी थिइन् ।














